दलिततर्फ सहमहामन्त्रीमा शेखर समूहका जीवनले लिए अग्रता - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

दलिततर्फ सहमहामन्त्रीमा शेखर समूहका जीवनले लिए अग्रता



काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ३ समूहका सहमहामन्त्रीको जारी मतगणनामा दलिततर्फ शेखर कोइराला समूहका उम्मेदवारले अग्रता लिएका छन्।

मतगणना अन्तिमतिर पुग्नै लाग्दा दलिततर्फ सह महामन्त्रीका उम्मेदवार जीवन परियारले अग्रता लिएका हुन्।

३ हजार ९ सय ६४ मत गन्दा परियारले २ हजार ८ सय ६५ मत ल्याएका छन्। यस्तै, देउवा समूहका उम्मेदवार मानबहादुर विश्वकर्माले १ हजार ८ सय ३७ मत ल्याएका छन्। दलिततर्फका अर्का उम्मेदवार गङ्गा सुनारले २०४ मत ल्याएकी छन्।