सहमहामन्त्री पदको मतगणना: यस्तो छ पछिल्लो मतपरिणाम - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

सहमहामन्त्री पदको मतगणना: यस्तो छ पछिल्लो मतपरिणाम



काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदको मतगणना जारी छ । पछिल्लो परिणामअनुसार महिलातर्फ महालक्ष्मी उपाध्याय डीना, दलिततर्फ मानबहादुर विश्वकर्मा र आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे अगाडि देखिएका छन् ।

१ हजार ५०४ मत गन्दा उपाध्यायले १ हजार ६५२ र प्रतिस्पर्धी कमला पन्तले १ हजार ३२६ मत प्राप्त गरेका छन् । यस्तै दलिततर्फ १ हजार ७८० मतगणना हुँदा विश्वकर्मा ८३९, जीवन परियार ८३१ र गंगा सुनुवारले ७० मत पाएका छन् ।

आदिवासीतर्फ ८९९मत गणनामा भीष्मराज आङ्देम्बे-५१८ र विकास लामाले ३५७ मत पाएका निर्वाचन समितिले जनाएको छ ।

महिलातर्फ [१५०४ जम्मा गणना]

कमला पन्त १३२६
डिना उपाध्याय १६५२
दलिततर्फ [१७८० जम्मा गणना]

मानबहादुर विश्वकर्मा -८३९
जीवन परियार-८३१
गंगा सुनुवार- ७०
आदिवासीतर्फ [८९९जम्मा गणना]

भीष्मराज आङ्देम्बे -५१८
विकास लामा – ३५७
सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये बिहीबार दलित, महिला र आदिवासी जनजातिको मतगणना केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ ।

अहिलेसम्म उपसभापति र महामन्त्रीको गणना भइसकेको छ । उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् भने महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

कांग्रेस महाधिवेशनअन्तर्गत गत सोमबार १३ पदाधिकारीसहित १३४ पदको निर्वाचन भएको थियो । कुल ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमा १३ पदाधिकारी बाहेक ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगता भएकाबाट एक गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन भएको छ ।