सानेपामा गगनको पक्षमा नाराबाजी: 'कांग्रेसभित्र क्रान्ति, दुईतिहाइको महामन्त्री ! - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

सानेपामा गगनको पक्षमा नाराबाजी: ‘कांग्रेसभित्र क्रान्ति, दुईतिहाइको महामन्त्री !



काठमाडौं- नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदमा गगन थापाको जित लगभग पक्का भएपछि उनका समर्थकहरूले खुशी मनाएका छन् ।

‘कांग्रेसभित्र क्रान्ति, दुईतिहाइको महामन्त्री’, ‘गगन दाइ, हाइ हाइ’ भन्दै युवाहरूले नाराबाजी गरेका छन् ।

३८९० मत गनिसक्दासम्म गगनले २५१२ मत ल्याएका छन् । त्यस्तै विश्वप्रकाश शर्मा १५९७ ल्याएका छन् ।