गगन एक्लैलाई ६८ प्रतिशत, यस्तो छ पछिल्लो परिणाम - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

गगन एक्लैलाई ६८ प्रतिशत, यस्तो छ पछिल्लो परिणाम



काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत महामन्त्रीका लागि भएको मतदानको गणना जारी छ। पार्टी कार्यालय सानेमामा भइरहेको गणनामा गगन थापाले अग्रता लिएका छन्।

पछिल्लो अपडेट अनुसार, १८९५ मत गन्दा थापाले १२९४ मत पाएका छन्। गनिएको मतलाई हेर्दा थापाले प्राप्त गरेको मत ६८.२८ प्रतिशत हो। थापाले ६५ प्रतिशतको वरपर रहेर मत प्राप्त गरिरहेका थिए। पछिल्लो पटक भने उनले आफ्नो मत प्रतिशत बढाएका हुन्।

महामन्त्रीमा दुई जनाको लागि निर्वाचन भएको हो। थापालाई विश्वप्रकाश शर्माले पछ्याइरहेका छन्। तेस्रो र चौथोमा प्रदीप पौडेल र प्रकाशशरण महत छन्। मीनेन्द्र रिजाल र राजाराम कार्कीले पनि न्यून मत ल्याएका छन्।

थापा सभापतिका उम्मेदवार शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार भएका हुन्। सोही प्यानलबाट धनराज गुरुङ उपसभापति भइसकेका छन्।