रहेनन् प्रगतिशील साहित्यिक अगुवा श्यामप्रसाद शर्मा - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

रहेनन् प्रगतिशील साहित्यिक अगुवा श्यामप्रसाद शर्मा



वरिष्ठ साहित्यकार श्यामप्रसाद शर्माको निधन भएको छ । लामो समयदेखी अल्जाईमर रोगवाट पिडित साहित्कार शर्माको ९८ बर्षको उमेरमा आईतवार बिहान ४ बजे कमलादीस्थित आफ्नै निवासमा निधन भएको हो ।

राणा शासन विरोधी आन्दोलनका लागि सत्याग्रह आन्दोलनमा समेत सामेल भएका शर्मा नेपाली प्रगतिशील साहित्यिक क्षेत्रका एक अगुवा व्यक्तित्व थिए। २००९ मा श्यामप्रसादको पहलमा वीरगन्जमा प्रलेसको गठन गरिएको थियो। उनका निबन्ध, दैनिकी, गीत, कविता, बालसाहित्य तथा धर्म, अर्थ, अनुवाद आदि गरी ११९ कृति प्रकाशित छन् जसमध्य शर्माका बहिनीलाई चिठी (२००८) र (२०१२), तँ, तिमी, तपाईं, हजुर (२०१४), मेरो आमा (२०२३), थुनुवाको डायरी (२०३८) उनका चर्चित कृति हुन् । मार्कसवादबाट प्रभावित शर्माका निबन्धहरुमा समाजका विकृति, विसङ्गति केलाईएका, सामाजिक चिन्तन र आफ्नै अभिव्यक्ति पाइन्छन् ।

प्रगतिशील लेखक संघका अध्यक्ष मात्रिका पोखरेलका अनुसार शर्माको पार्थिव शरीरलाई आज बिहान १० देखि दिउँसो २ बजेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिने र ३ ०० बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिनेछ ।