गगन थापा दोब्बर मतले अगाडी - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

गगन थापा दोब्बर मतले अगाडी



काठमाडौं । कांग्रेस महामन्त्री पदको जारी मतगणनाअन्तर्गत हालसम्म ६०० मत गनिसकिएको छ । गगन थापाले अग्रताल कायमै राखेका छन् ।

गगन थापा – ३८१
प्रकाश् सरण महत – २०१
प्रदिप पौडेल – २०६
मिनेन्द्र रिजाल – १०१
विश्व प्रकाश शर्मा – २३१

महामन्त्रीका २ पदका लागि ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवाको टीमबाट प्रकाशशरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइरालाको टीमबाट मिनेन्द्र रिजाल र गगन थापा छन्।

त्यस्तै, प्रकाशमान सिंहको टीमबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको टिमबाट राजाराम कार्की प्रतिस्पर्धामा छन्।

कांग्रेस उपसभापतिमा देउवा टीमका पूर्णबहादुर खड्का र डा. कोइराला टीमका धनराज गुरुङ निर्वाचित भइसकेका छन्।

सोमबार भएको मतदानमा ४६७९ मत खसेको छ। महाधिवेनमा ४७४३ मतदाता थिए।

कांग्रेसमा शेरबहादुर देउवा सभापति, तथापूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भइसकेका छन्।