महामन्त्री अपडेट: गगन थापाले मारे छलाङ
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि मतगणना जारी छ। ५ सय मतको परिणाम सार्वजनिक भएको छ। जसमा गगन थापाले अग्रता कायमै राखेका छन्।
प्रारम्भिक मतपरिणामअनुसार थापाले ५ सयमा सर्वाधिक ३२५ मत पाएका छन्। दोस्रो स्थानमा रहेका विश्वप्रकाश शर्मा १८५, तेस्रो स्थानका प्रदीप पौडेलले १७७ र चौथो स्थानमा रहेका मिनेन्द्र रिजालले ८६ मत पाएका छन्।
महामन्त्रीका २ पदका लागि ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवाको टीमबाट प्रकाशशरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइरालाको टीमबाट मिनेन्द्र रिजाल र गगन थापा छन्।
त्यस्तै, प्रकाशमान सिंहको टीमबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको टिमबाट राजाराम कार्की प्रतिस्पर्धामा छन्।
कांग्रेस उपसभापतिमा देउवा टीमका पूर्णबहादुर खड्का र डा. कोइराला टीमका धनराज गुरुङ निर्वाचित भइसकेका छन्।
सोमबार भएको मतदानमा ४६७९ मत खसेको छ। महाधिवेनमा ४७४३ मतदाता थिए।
कांग्रेसमा शेरबहादुर देउवा सभापति, तथापूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भइसकेका छन्।