गगन थापाले लोकप्रिय मत ल्याउने संकेत - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

गगन थापाले लोकप्रिय मत ल्याउने संकेत



नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार

२०० मत गन्दा गगनले १२४ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका विश्वप्रकाश शर्माले ६७, प्रकाशशरण महतले ७०, प्रदीप पौडेलले ७३ र मीनेन्द्र रिजालले ४० मत प्राप्त गरेका छन् ।

राजाराम कार्कीको पक्षमा भने ५ मत परेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा महामन्त्रीको मतगणना भइरहेको छ। पहिलो र दोस्रो हुने महामन्त्रीमा निर्वाचित हुनेछ।

यहि अनुसारको मत ल्याउन सके कांग्रेस महाधिवेशनमा गगनले लोकप्रिय मत पाउने नेता बन्नेछन । उनले सुरुवातमा ल्याएको मतमा अन्य उम्मेदवार भन्दा दुई गुणा बढी छ ।

महामन्त्रीका २ पदका लागि ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवाको टीमबाट प्रकाशशरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइरालाको टीमबाट मिनेन्द्र रिजाल र गगन थापा छन्।

त्यस्तै, प्रकाशमान सिंहको टीमबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको टिमबाट राजाराम कार्की प्रतिस्पर्धामा छन्।

कांग्रेस उपसभापतिमा देउवा टीमका पूर्णबहादुर खड्का र डा. कोइराला टीमका धनराज गुरुङ निर्वाचित भइसकेका छन्।

सोमबार भएको मतदानमा ४६७९ मत खसेको छ। महाधिवेनमा ४७४३ मतदाता थिए।

कांग्रेसमा शेरबहादुर देउवा सभापति, तथापूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भइसकेका छन्।