गगनले २६० ल्याउँदा महतले ल्याए १२६, दोस्रोमा निकै प्रतिस्पर्धा
काठमाडौँ- नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापाले अग्रता लिएका छन् । हालसम्म चार सय मतगणना भएको छ ।
कांग्रेस निर्वाचन समितिका अनुसार २६० मत ल्याएर थापाले अग्रता लिइरहँदा विश्वप्रकाश शर्माले १४८ मत ल्याएर पछ्याएका छन् ।
यसैगरी, प्रकाशशरण महतले १२६, प्रदीप पौडेलले १४६, मिनेन्द्र रिजालले ७४ मत ल्याउँदा राजाराम कार्कीले ७ मत पाएका छन् ।
महामन्त्रीका २ पदका लागि ६ जनाबीच प्रतिस्पर्धा छ। सभापति शेरबहादुर देउवाको टीमबाट प्रकाशशरण महत र प्रदीप पौडेल छन् भने डा. शेखर कोइरालाको टीमबाट मिनेन्द्र रिजाल र गगन थापा छन्।
त्यस्तै, प्रकाशमान सिंहको टीमबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधिको टिमबाट राजाराम कार्की प्रतिस्पर्धामा छन्।
कांग्रेस उपसभापतिमा देउवा टीमका पूर्णबहादुर खड्का र डा. कोइराला टीमका धनराज गुरुङ निर्वाचित भइसकेका छन्।
सोमबार भएको मतदानमा ४६७९ मत खसेको छ। महाधिवेनमा ४७४३ मतदाता थिए।
कांग्रेसमा शेरबहादुर देउवा सभापति, तथापूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापतिमा निर्वाचित भइसकेका छन्।