ओलीले संसद अवरोध गरेर एमसीसी पास गराउने खेल खेलेको आरोप - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

ओलीले संसद अवरोध गरेर एमसीसी पास गराउने खेल खेलेको आरोप



काठमाडौं । नेकपा (एमाले) नेता भीम रावलले आफ्नो पार्टीले निरन्तर गरिरहेको संसद अवरोधको औचित्यमाथि प्रश्न उठाएका छन् ।

एमालेबाट विभाजित भएर गएको एकीकृत समाजवादी अवैध रहेको र सभामुख त्यसको सहयोगी भएको भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ।

रावलले निरन्तरको अवरोध गर्नुका पछाडि एमसीसी अनुमोदन गर्ने खेल हुन सक्ने समेत आशंका गरेका छन्। ‘सरकारका कामकारबाही गर्न दिएर संसदका बैठकहरू अवरूद्ध गर्ने कुराको अ‍ौचित्य के हो ?,’ रावलले समाजिक संजालमार्फत प्रश्न गरेका छन्, ‘यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ? यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ।’

रावलले यसअघि पनि संसद अवरुद्ध गर्नुको औचित्य नभएको बताएका थिए।