यस्तो छ उपसभापतिको पछिल्लो मतगणना अपडेट - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

यस्तो छ उपसभापतिको पछिल्लो मतगणना अपडेट



काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट नेतृत्व चयनका लागि भएको मतदानअन्तर्गत उपसभापति पदको १५०० मतगणना भएको छ ।

उपसभापतिको १५०० मतगणना हुँदा डा. चन्द्र भण्डारीले ५०१, धनराज गुरुङले ५८८, पूर्णबहादुर खड्काले ५४४, विजयकुमार गच्छदारले ५०० मत पाएका छन् ।

कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

केन्द्रीय कार्यसमितिका २ उपसभापतिमा डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाबीच प्रतिस्पर्धा छ ।

यसअघि सभापति पदमा दोस्रो चरणको निर्वाचनबाट प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भइसकेका छन् ।