१२ सय मत गन्न बाँकी, जितका लागि देउवालाई २५६ मत मात्रै आवश्यक - Himal Post Himal Post
  • १५ पुष २०८१, सोमबार
  •      Mon Dec 30 2024
Logo

१२ सय मत गन्न बाँकी, जितका लागि देउवालाई २५६ मत मात्रै आवश्यक



काठमाडौं । नेपाली कांग्रेस नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा भएको मतदानको अहिले गणना जारी रहेको छ ।

पछिल्लो विवरण अनुसार ३३१८ मत गणना भएका छन् । जसमा शेरबहादुर देउवाले १९८४ मत प्राप्त गरेका छन् । डा शेखर कोइरालाले १३०९ मत प्राप्त गरेका छन् । अहिलेसम्म २५ मत बदर भएको छ ।

सभापतिमा विजयी हुन देउवालाई अब २५६ मत मात्रै आवश्यक छ । कुल ४५६२ मत खसेको थियो । जसअनुसार सभापतिमा विजयी हुन २२८२ मत आवश्यक हुन्छ ।