१३०० मतगणना सकियो, कसले कति ल्याए ? - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

१३०० मतगणना सकियो, कसले कति ल्याए ?



नेपाली काँग्रेसको महाधिवेशन अन्तरगत सभापति चयनका लागि पुनः भएको मतदानको मतगणना जारी रहँदा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् ।


यस्तै सभापतिका अर्का प्रतिस्पर्धी शेखर कोइराला पछिपछि रहेका छन् । निर्वाचन समितिका अनुसार हालसम्म १३०० मत गन्दा देउवाले ७६१ मत ल्याएका छन् भने शेखरले ५२७ मत पाएका छन् । यसैगरी १२ मत बदर भएको छ ।