७०० गणना: देउवा झनै अगाडी - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

७०० गणना: देउवा झनै अगाडी



काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सभापति पदको जारी मतगणनामा शेरबहादुर देउवाले अग्रता कायम राखेका छन् । राष्ट्रियसभा गृहमा जारी मतगणनामा उनले अग्रता लिएका हुन् ।

७०० मतगणना हुँदा देउवाको पक्षमा ४०९ मत खसेको छ । उनका प्रतिस्पर्धी डा. शेखर कोइरालाका पक्षमा २७४ मत खसेको निर्वाचन समितिले जनाएको छ । दुई मत बदर भएको छ ।

मंगलबार अबेर राति सम्पन्न मतदानमा ४५६३ मत खसेको छ ।

सोमबार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको हो ।