धमाधम मतगणना: देउवाले अग्रता बढाउंदै - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

धमाधम मतगणना: देउवाले अग्रता बढाउंदै



नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदको मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।

सभापति पदको १९९ भोट गणना हुँदा शेरबहादुर देउवाले ११२ मत ल्याएका निर्वाचन समितिले जनाएको छ ।
सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले ८७ मत ल्याएका छन् ।

सभापति पदको मतगणना मंगलवार राति सवा ११ बजेदेखि शुरू भएको हो

सोमवार भएको निर्वाचनमा सभापति पदका प्रत्यासी कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाबीच मंगलवार दोस्रो चरणको मतदान भएको हो ।