गणना नसकिंदै देउवाको अफर बोकेर खाँण पुगे प्रकाशमान निवास
काठमाडौं- पहिलो चरणमा सभापति नजितिने पक्का भएपछि शेरबहादुर देउवाले प्रकाशमान सिंह फकाउन थालेका छन् । कांग्रेस सभापतिको छिनोफानो पहिलो चरणमै हुने अवस्था नदेखिएपछि प्रकाशमान सिंह भेट्न देउवाले दुत पठाएका छन् ।
गृहमन्त्री बालकृष्ण खाँण सभापतिका उम्मेदवार प्रकाशमान सिंहको निवास चाक्सीबारी पुगेका छन् । देउवाले दोस्रो चरणमा आफूलाई सहयोग गरे प्रधानमन्त्री बनाउने अफर बोकेर खाँणलाई पठाएको स्रोतको दाबी छ ।
दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन जुटाउन खाँण चाक्सीबारी गएका हुन् । दोस्रो चरणमा जाँदा प्रकाशमान सिंह र विमलेन्द्र निधि निर्णायक हुने देखिएको छ ।
देउवा शेखरभन्दा करिव ५ सय मतले अगाडी छन् । उनले केहि मत मात्र बढाउन सके जित्ने सम्भावना छ ।