शेखरले कटाए हजार मत
काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन : सभापति पदका उम्मेदवारको मतगणना जारी
-जम्मा २ हजार ७ सय ७७ मतगणनामा देउवा १३१८, कोइराला १०२३, सिंह २०५, निधि १६६, गुरुङ १२ ।
राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।
राति १ बजे सुरु हुने भनिए पनि चार बजेपछिमात्रै मत गणना सुरु भएको हो । कांग्रेसको यो अधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६७९ जनाले मत खसालेका छन् । पहिलो चरणमै सभापति निर्वाचित हुन उम्मेदवारले २३४० मत ल्याउनै पर्ने हुन्छ । यो भनेको ५० प्रतिशत भन्दा बढी मत हो ।
यदि ५० प्रतिशतभन्दा बढी मत कुनै पनि उम्मेदवारले नल्याएको खण्डमा दोस्रो चरणमा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुनेछ ।