करिब २७ सय मत गणना सकियो, देउवाले ३ सय मतले अगाडी - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

करिब २७ सय मत गणना सकियो, देउवाले ३ सय मतले अगाडी



काठमाडौं । कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले अग्रता बढाएका छन् ।

अहिलेसम्म देउवाले १२६५ मत प्राप्त गर्दा शेखर कोइरालाले भने ९८० मत प्राप्त गरेका छन् ।

प्रकाशमान सिंह २०५, विमलेन्द्र निधलिे १६५ र कल्याण गुरुङले १२ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार राति अबेर सम्पन्न निर्वाचनअन्तर्गत सभापति पदतर्फको मतगणाना भइरहेको हो।

सभापतितर्फका तीनवटै मतपेटिका (हरियो ट्यांकी) राष्ट्रिय सभा गृहका तीन अलग(अलग स्थानमा राखेर अहिले बिहान साढे ४ बजेदेखि मत गणना भइरहेको हो।

सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ उम्मेदवार छन्।

कूल मतको ५१ प्रतिशत मत कसैल ल्याउन सकेन भने पुनः मतदान गर्नुपर्ने हुन्छ।

कांग्रेसको निर्वाचन समितिका अनुसार त्यसका लागि एक जना उम्मेदवारका पक्षमा २३४० मत आउनुपर्ने हुन्छ।

अन्य पदाधिकारी तथा सदस्यका लागि भएको मतदानका ८४ ट्यांकी कांग्रेसको केन्द्रीय कार्यालय ९सानेपा० मा लगिएका छन्।

सभापतितर्फको मत गनिसकेपछि मात्र त्यता मत गन्न थालिने कांग्रेसको निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय सभागृह र भुकृटीमण्डमा व्यवस्था गरिएका मतदान केन्द्रमा सोमबार बिहान ११ बजेदेखि राति साढे १० बजेसम्म मतदान गरिएको थियो।