अब भीम रावलको एमालेमा के काम !
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको १० औं महाधिवेशनपछि बसेको केन्द्रीय कमिटीको बैठकबाट विभिन्न नेताहरुलाई जिम्मेवारी दिए । कतिपय पार्टीकै राम्रा नेताहरूलाई जिम्मेवारी बिहिन बनाएपछि एमालेमा फेरि अर्को रडाको सुरू भएको छ ।
ओलीले आफ्ना निकटलाई मात्रै जिम्मेवारी दिने र बढुवा गर्न काम गरेका छन् । ओलीले दिएको जिम्मेवारीलाई लिएर ओली पक्षकै नेताहरु असन्तुष्ट रहेका छन् । पार्टीलाई अप्ठ्यारोमा सहयोग गरेका नेताहरुसमेत केन्द्रीय कमिटीको सूचीमा रहन सकेनन् ।
शनिबार र आइतबार बसेको केन्द्रीय कमिटीको बैठकमा ओलीले पोलिटब्युरोको नाम पढेर सुनाएका थिए । उनले पढेको सूचीमा पूर्वउपाध्यक्ष भीम रावलको पनि नाम रहेको थियो ।
रावल १० औं महाधिवेशनमा ओलीसंग फराकिलो मतान्तरले हारेका थिए । उनलाई केन्द्रीय कमिटीमा नसमेटेको भन्दै नेताहरुले आपत्ति जनाउंदै आएका छन् ।
केन्द्रीय कमिटीमा उनको नाम नभएपछि एमालेमा रावल जिम्मेवारीविहीन जस्तै बनेका छन् । एक नेताका अनुसार रावलप्रति ओलीले निकै ठूलो इगो पालेर बसेका छन् । यतिमात्रै होइन उनले रावललाई पार्टीका हरेक अवसरहरूबाट बन्चित गर्ने सोचमा छन् ।
रावलले ओलीले गरेको मनोनयनमा असन्तुष्टि समेत जनाउंदै आएका छन् । रावलले हिजो आइतबार सामाजीक संजालमार्फत ओलीले गरेको मनोनयन आफूलाई मन नपरेको र उनको त्यो प्रवृत्ति अन्त्य हुनुपर्नेसमेत बताएका थिए ।