गगनले भने: ओलीजीले अल्ली हतार गर्नुभएछ - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

गगनले भने: ओलीजीले अल्ली हतार गर्नुभएछ



काठमाडौं। पार्टी १४ औं महाधिवेशनको पूर्वसन्ध्यामा आफूले प्रस्तुत गरेको अवधारणा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पनि पढेको भन्दै कांग्रेस नेता गगन थापाले खुशी व्यक्त गरेका छन्।

उनले आज सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमा लेखेका छन्- आदरणीय केपी ओलीज्यू, चौधौं महाधिवेशनको पूर्वसंध्यामा स्नेही कांग्रेसजनमाझ सल्लाह, सुझाव र छलफलका लागि मैले प्रस्तुत गरेको ‘समुन्नत नेपालःसम्मानित नेपाली’को अवधारणा तपाईंले पनि पढेको थाहा पाएर खुशी लाग्यो। तर टिप्पणीचाहिँ अलि हतारमा गर्नुभएछ।

नेता थापाले २०७२ सालमा संविधान जारी भएपछि भएको पार्टीको १३ औं महाधिवेशनमा कांग्रेसको सम्पूर्ण राजनीति अब ‘समुन्नत नेपालःसम्मानित नेपाली’को निर्माणमा समर्पित हुनुपर्ने र नीति र कार्यक्रमसहित त्यसलाई कार्यान्वयन गर्न सक्ने बन्न पार्टीको रूपान्तरण हुनुपर्ने प्रस्ताव गर्दै आएका छन्।

के छ थापाको अवधारणामा ?

थापाले प्रस्तुत गरेको अवधारणा पत्रमा कांग्रेसले आफ्नो आदर्श मानेको बीपी कोइरालाको सिद्धान्तलाई चुनौती दिएका छन्। बीपीको सिद्धान्तअनुसार नेपाली कांग्रेस समाजवादी अवधारणामा सञ्चालन हुनुपर्ने उल्लेख छ थापाको अवधारणामा पार्टीलाई लोकतान्त्रिक समाजवादतर्फ अग्रसर गराउनुपर्ने बताएका छन्।

‘समृद्ध नेपाल, समुन्नत नेपाली’ नारा थापाको अवधारणमा पत्रमा समावेश छ। केपी ओली सरकारले लिएको समृद्ध नेपाल, सुखी नेपाली’ नारा अपूरो रहेको भन्दै थापाले आफूले प्रस्तुत गरेको अवधारणाले सार्थकता दिने दाबी गरेका छन्।

थापा यो पटकको १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारीमा छन्। उनी अघिल्लो पटक महामन्त्री पदमै पराजित भएका थिए।