कांग्रेसको कार्यक्रममा ओली बोल्दाबोल्दै माइक बन्द
नेपाली काँग्रेसको महाधिवेशनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने क्रममा माइक बन्द भएको छ ।
उनी बोल्दाबोल्दै माइक काटिएको हो ।
ओलीले कांग्रेससँग सहकार्य गरेर देश विकासमा हिँड्न एमाले तयार रहेको बताएका छन् ।
उनले देशको अभिभारा कांग्रेस र एमालेको काँधमा रहेको र यसका लागि कांग्रेससँग सहकार्य गरेर एमाले अघि बढ्न तयार रहेको बताए ।
देश बनाउन विषयमा कांग्रेससँग एमाले रहेको उनको भनाइ छ ।