राजनीतिमा फेरि कालो बादल मडारिन खोजेको माधव नेपालको संकेत - Himal Post Himal Post
  • २० पुष २०८१, शनिबार
  •      Sat Jan 4 2025
Logo

राजनीतिमा फेरि कालो बादल मडारिन खोजेको माधव नेपालको संकेत



काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा फेरि कालो बादल मडारिन खोजेको बताएका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष नेपालले संकेत राम्रो नदेखिएको बताएका हुन् ।

‘१६ वर्षअघि कांग्रेस महाधिवेशनको बेला राजतन्त्र र गणतन्त्रको एजेण्डा थियो, कांग्रेस गणतन्त्रमा जान सहमत भयो,’ नेपालले भने, ‘अहिले पनि संकेत राम्रो देखिरहेको छैन । राजनीतिमा कालो बादल मडारिन खोजेको छ । प्रतिगामी तत्वलाई भन्न चाहन्छु– फेरि शीर उठाउने काम नगर्नुस् । नेपाली जनता फेरि ज्वालामुखी झैँ उत्रिने छन् ।’

नेता नेपालले पूर्वराजालाई एउटा पार्टी खोलेर राजनीतिमा आउन या व्यापार व्यवसाय गरेर बस्न सुझाव दिए ।

कार्यक्रममै सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्थाको वकालत गरेका थिए ।