लिङ्देनको प्रस्ताव: राजा ल्याऔँ, सांसदले मन्त्री हुन नपाउने व्यवस्था गरौँ - Himal Post Himal Post
  • ७ असार २०८३, आईतवार
  •      Sun Jun 21 2026
Logo

लिङ्देनको प्रस्ताव: राजा ल्याऔँ, सांसदले मन्त्री हुन नपाउने व्यवस्था गरौँ



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रप्रमुखका रूपमा राजा ल्याउनुपर्ने र सांसदले मन्त्री बन्न नपाउने व्यवस्था गरेर अघि बढ्नुपर्ने बताएका छन्। नेपाली कांग्रेसको १४औँ महाधिवेशन उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्। ‘सांसदले मन्त्री हुन नपाउने व्यवस्था लागू गरेर जाऔँ,’ उनले भने, ‘अब राष्ट्रप्रमुखको रुपमा राजा ल्याऔँ। जनताबाट सोझै निर्वाचित प्रधानमन्त्री हुने व्यवस्था गरौँ।’

देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिक बाहिर गएको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए। ‘सरकार सरकार जस्तो छैन। सरकार सरकार जस्तो छैन। संसद संसद जसंतो छैन। अदालत अदालत जस्तो छैन। यसलाई ठिक लगाउने कसले? नेताले। तर आज नेताले पूर्ण विश्वास गुमाएको अवस्था छ,’ उनले नेताहरूले इमान्दारिता कायम गर्न नसकेको बताएका थिए।

‘मेरो गाउँको भाषामा पार्टीका नेता बोलाउदा कुन चाँहि चोर आएछ भन्छन्। हाम्रो अवस्था त्यो छ। नेतृत्व चयन गर्ने मात्रै नभएर हाम्रो छवि सुधार्ने प्रयत्न गरौं,’ उनले आग्रह गरेका थिए।

२०४७ साल पछि कुनैं सरकारले पुरा कार्यकाल काम गर्न नसकेकाले आफूहरू चुकेको स्थान पत्ता लगाएर त्यसमा ध्यान दिनुपर्ने बताएका थिए। १४औं महाधिवेशनको सफलताको शुभकामना उनले व्यक्त गरेका थिए।