म कुनै हालतमा सभापतिबाट ब्याक हुन्न: प्रकाशमान - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

म कुनै हालतमा सभापतिबाट ब्याक हुन्न: प्रकाशमान



काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतरबाट सभापतिका आकांक्षी प्रकाशमान सिंहले आफू पछि नहट्ने बताएका छन्। चाक्सीबारीस्थित आफ्नो निवासमा सञ्चारकर्मीहरुसँग बिहीबार कुरा गर्दैं नेता सिंहले फिर्ता हुनका लागि आफूले उम्मेदवारी घोषणा नगरेको बताए।

उनले महाधिवेशन कार्यतालिका अनुसार आफूले उम्मेदवारी दर्ता गर्ने बताउँदै महाधिवेशनका प्रतिनिधिले बाँकी कुरा तय गर्ने बताए।

नेताहरुले छलफल गरौं भनेको र आफूले न्याय पाउनुपर्छ भनेको उनले बताए। उनले आफू ब्याक हुनुपर्ने कुनै कारण नभएको बताए। यसअघिको महाधिवेशनमा आफू ब्याक भएको भनाइ थियो।

‘१३ औं महाधिवेशनमा म ब्याक भएको हो नि सभापति र महामन्त्रीबाट’, उनले भने।