ओलीकै शैलीमा माओवादी चलाउने प्रयास - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

ओलीकै शैलीमा माओवादी चलाउने प्रयास



काठमाडौं- नेकपा (माओवादी केन्द्र) ले पार्टीको प्रदेश कमिटीका पदाधिकारीको संख्या बढाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार बसेको माओवादी स्थायी कमिटी बैठकले प्रदेशमा पदाधिकारीको संख्या ७ जनाबाट बढाएर ९ जना पदाधिकारी बनाउने निर्णय प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

अब माओवादी केन्द्रको प्रदेश कमिटीमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहने उहाले जानकारी दिनुभयो । बैठकले केन्द्रीय सदस्यलाई प्रदेश तहमा जान जोड नदिने तर स्वच्छाले जान चाहनेलाई नरोक्ने निर्णय पनि गरेको छ, त्यस्तै माओवादीले प्रदेश समितीमा सदस्यहरूको संख्या पनि बढाएको छ ।

जसअनुसार प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, बागमतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश कमिटी बन्ने प्रवक्ता महराले बताउनुभयो । त्यस्तै माओवादी प्रवेश गर्नेको लहर चलेको भन्दै माओवादी प्रवेश गर्नेको बिशेष अध्ययन गर्न देव गुरुङ, गिरीराजमणी पोखरेल र श्रीराम ढकालेको कार्यदल बनाएको उनले जानकारी दिए ।

माओवादी केन्द्रको प्रदेश सम्मेलन २५ गते हुँदैछ ।