रामचन्द्रसँग शेखरले भने: सभापतिमा मलाई सहयोग गर्नुहोस् - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

रामचन्द्रसँग शेखरले भने: सभापतिमा मलाई सहयोग गर्नुहोस्



काठमाडौं – नेपाली कांग्रेसको संस्थापइतरबाट सभापतिका आकांक्षी शेखर कोइरालाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सहयोग मागेका छन्। बिहीबार पौडेल निवास पुगेर कोइरालाले उनीसँग सहयोग मागेका हुन्।

‘म अगाडि बढिसकेको छु। मलाई तपाईंको साथ र आशिर्वाद चाहिन्छ,’ सभापतिका अर्का आकांक्षी पौडेलसँग कोइरालाले भने।

संस्थापनइतरमा सभापतिका साझा उम्मेदवार बनाउन रस्साकस्सी चलिरहेको छ। तीन दिनदेखि नेताहरूले निरन्तर छलफलमा जुटे पनि साझा उम्मेदवार तय गर्न सकिरहेका छैनन्।

इतरसमूहबाट पौडेल, प्रकाशमान सिंह र कोइरालाले सभापतिका लागि दाबेदारी गरिरहेका छन्। अर्का दाबेदार महामन्त्री शशांक कोइराला भने ब्याक भएका छन्।

बिहीबार बिहान बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको संस्थापनइतर समूहको बैठकले साझा उम्मेदवार तय गर्न नेताहरूलाई आग्रह गरेको छ।

बैठकले दिएको म्यान्डेटअनुसार इतर समूहका तीन नेताहरू सभापतिका आकांक्षी सिंहलाई मनाउन अहिले चाक्सीबारी पुगेका छन्।

केन्द्रीय सदस्यहरूको बैठकको सामूहिक निर्णयमा प्रकाशमानलाई सहमत गराउन नेताहरू अर्जुननरसिंह केसी, महेश आचार्य र बलबहादुर केसी चाक्सीबारी पुगेका हुन्।

संस्थापनइतर समूहले आज साझा उम्मेदवार घोषणा गर्ने बताएको छ।