प्रकाशमानले भने: म कुनै हालतमा सभापति लड्छु - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

प्रकाशमानले भने: म कुनै हालतमा सभापति लड्छु



काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा आफू सभापति पदको उम्मेदवारीबाट पछि नहट्ने बताएका छन्।

महाधिवेशन सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा नेता सिंहको यो अभिव्यक्तिले आफ्ना समूहबाट एउटा मात्र उम्मेदवार बनाउन कसरत गरिरहेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई चुनौती थपेको छ।

पार्टीभित्रको शक्ति राजनीतिका कारण कांग्रेस जनताले सोचेअनुरूपको बाटोमा हिँड्न नसकेको भन्दै सिंहले पार्टीलाई विधि/विधानबमोजिम चलाउन र समावेशी रूपमा अघि बढाउन आफूले सभापति पदमा दाबी गरेको र यसबाट पछि नहट्ने बताएका हुन्।

काठमाडौंको बानेश्वरमा आज बिहान सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले कांग्रेसलाई प्रजातान्त्रिक पार्टीका रूपमा स्थापित गराउने एजेन्डाका साथ आफूले सभापति पदमा दाबी गरेको बताए। कार्यक्रममा सिंहले नेपाली कांग्रेसलाई एकताबद्ध हुन कसिुनजीले गरेको त्यागलाई कुनै पनि नेताले आत्मसात् गर्न नसकेको भन्दै दुःख पनि व्यक्त गरे।