रुकुममा जन्ती बोकेको बस दुर्घटना
काठमाडाैँ – रुकुम पश्चिमको बरेली बजारमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।
मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा ग १ ख २१०९ नम्बरको बस चिप्लिएर दुर्घटना हुँदा २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
बाँफिकोट गाउँपालिका–२, को पिपलबाट मुसीकोट नगरपालिका–१, घिमानेतर्फ जाँदै गरेको बस सडकबाट चिप्लिएर दुर्घटना भएको र घाइतेलाई उद्धार गरि अस्पताल लगिएको प्रहरीको भनाइ छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।