कुपन्डोलमा श्रीमानले गरे जानुकाको हत्या - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

कुपन्डोलमा श्रीमानले गरे जानुकाको हत्या



काठमाडौं– ललितपुर महानगरपालिका–१० कुपन्डोलमा एक महिलाको सव भेटिएको छ । प्रहरीले ति महिलाको हत्या भएको बताएको छ।

हत्या आरोपमा उनकै श्रीमान पक्राउ परेका छन्। मंसिर १६ गते दिउँसो करिब ३ बजे कुपन्डोलमा डेरा गरी बस्ने रामेछाप मन्थली नगरपालिका–१२ कि ३५ वर्षीया जानुका भुजेल आफ्नै कोठामा मृत भेटिएकी थिइन्।

प्रहरी अनुसन्धान, पोष्टमार्टम रिपोर्ट, विभिन्न प्राविधिक पाटोको अनुसन्धानबाट भुजेलको स्वभाभिक मृत्यु नभएर हत्या भएको खुलेको थियो।

हत्यामा उनकै श्रीमान ३५ वर्षीय एक्काराज भुजेलको संलग्नता रहेको खुलेपछि उनलाई पक्राउ गरिएको ललितपुर परिसरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए।

भुजेलले श्रीमतीलाई घाँटीमा कपडाले कसेर हत्या गरेको प्रहरीले जनाएको छ।