रोचक बन्दै बागमतीको मतगणना: बानियाँले लिए अग्रता
हेटौडा । नेपाली कांग्रेस वागमती प्रदेशको सभापति पदका लागि भएको दोस्रो चरणको निर्वाचनमा रोचक प्रतिस्पर्धा देखिएको छ ।
पहिलो ५ सय मत गन्दा जगदीश्वरनरसिंह केसीले अग्रता लिएकोमा ७ सय मतको परिणाम आउँदा ईन्द्रबहादुर बानियाँले अग्रता लिएका छन् ।
पछिल्लो परिणाम अनुसार बानियाँले ३ सय ६२ मत ल्याएका छन् । केसीको ३ सय ३३ मत आएको छ । बानियाँको अग्रता ३० मतको रहेको छ ।
यसअघि पहिलो चरणको निर्वाचनमा बानियाँले ९ सय ९२ र केसीले ८ सय ७२ मत ल्याएपछि आज दोस्रो चरणको मतदान भएको थियो ।
पहिलो चरणमा तेस्रो भएका उम्मेदवार भीमसेनदास प्रधानले बानियाँलाई समर्थन गरेका थिए ।