कमल थापाले हारेपनि उनकै परिवारका तीन जनाले जिते केन्द्रीय सदस्य - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

कमल थापाले हारेपनि उनकै परिवारका तीन जनाले जिते केन्द्रीय सदस्य



काठमाडौं – राप्रपा एकता महाधिवेशनमा कमल थापा पराजित भए पनि उनका परिवारका तीन जना सदस्य भने केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

अध्यक्ष थापाकी कान्छी छोरी प्रतिष्ठा थापा, भाई गणेश थापा र भतिजा अभिषेक थापा केन्द्रीय समिति सदस्यमा विजयी भएका हुन् ।

छोरी प्रतिष्ठाले १ हजार ५३० मत ल्याउँदा अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष थापाले १ हजार ३३२ मत ल्याएका छन् । गणेशका छोरा अभिषेकले १ हजार ३२७ मत ल्याएर विजयी भएका हुन् ।