कमल थापाले राजामाथि लगाए आफू हारेको आरोप - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

कमल थापाले राजामाथि लगाए आफू हारेको आरोप



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष पदका प्रत्याशी कमल थापाले हार स्वीकार गरेका छन् । जारी मतगणनामा लिङदेनको जित निश्चित भएसँगै सामाजिक सञ्जालमा स्टाटस लेखेर थापाले बधाइ दिएका हुन् ।

फेसबुकमा उनले निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गरेको बताएका छन् । तर, निर्वाचनमा निर्मल निवासले नांगो हस्तक्षेप गरेको आरोप उनले लगाएका छन् ।

थापाले भनेका छन्, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।’