ओलीले भने: हामीले संसद चल्न दिन्नौँ, अब चुनावमा जानुपर्छ - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

ओलीले भने: हामीले संसद चल्न दिन्नौँ, अब चुनावमा जानुपर्छ



काठमाडौं- नेकपा (एमाले)का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नयाँ जनादेशमा जानुपर्ने बताएका छन्।

चितवनमा सम्पन्न १० औँ महाधिवेशनबाट प्रतिस्पर्धी भीम रावललाई फराकिलो मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएपछि शुक्रबार पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले ताजा जनादेशमा जानुपर्ने बताएका हुन्।

काठमाडौंमा केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्दै ओलीले नेपालको न्यायालयमा देखिएको समस्या पाँच दलीय गठबन्धनले निम्त्याएको आरोप लगाए। ‘‘कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले देश चलाउन सकिरहेको छैन,” पदभार ग्रहणपछि ओलीले भने। गठबन्धन सरकारले देशलाई अकर्मण्यतातर्फ धकेलेको उनको आरोप छ।

यस्तै ओलीले मंसीर २८ गते बोलाइएको संसद बैठक सञ्चालन हुन नसक्ने संकेत दिएका छन्। सभामुख अग्नि सापकोटाले आफ्नो पार्टीबाट निष्कासित व्यक्तिलाई सांसदकै हैसियत दिएको बताउँदै ओलीले “यस्तो कदमलाई स्वीकार गर्न सकिँदैन।” ओलीले सभामुख निष्पक्ष रहन नसकेको समेत आरोप लगाएका छन्।

“जुन प्रकारको गतिविधि पछिल्लो समय देशभित्र देखिन थालेको छ, त्यस हिसाबले देश सञ्चालन हुन सक्दैन” ओलीको दाबी छ।