उपाध्यक्षमा अष्टलक्ष्मीको ठुलो अग्रता, घनश्यामको हार्ने संकेत - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

उपाध्यक्षमा अष्टलक्ष्मीको ठुलो अग्रता, घनश्यामको हार्ने संकेत



काठमाडौं- नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना भइरहेको छ।

पदाधिकारीमध्ये उपाध्यक्ष पदमा भएको मतगणना अनुसार अहिलेसम्म अष्टलक्ष्मी शाक्यले पहिलो नम्बरमा अग्रता लिएकी छन्।

दोस्रोमा सुवास नेम्बाङ रहेको मतगणनामा संलग्न एक नेताले बताए। केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध उपाध्यक्षमा उम्मेद्वारी दिएका घनश्याम भुसालको मत परिणाम अहिलेसम्म राम्रो नभएको ती नेताले बताए।

अध्यक्षको मत परिणाम बाहिर आए पनि उपाध्यक्षसहित अन्य पदाधिकारीको मत सार्वजनिक भएको छैन।