एमाले महाधिवेशन: २ हजार ८१ जनाले मात्रै गरे मतदान
चितवन । नेकपा एमालेको १० औं महाधिवेशनमा मतदान प्रक्रिया सकिएको छ । बिहान ४ बजेबाट सुरु भएको मतदान केही समय अगाडि सकिएको हो ।
दुई हजार १५३ मतदाता रहेकोमा २ हजार ८१ जनाले मतदान गरेको केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले जानकारी दिए ।
निर्धारित समयमा मतदान नसकिएपछि केही समय थप गरिएको थियो ।
विद्युतीय मेसिनबाट इलेक्ट्रोनिक भोटिङको ब्यबस्था गरिएको थियो । एक पटकमा ६९ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको थियो ।
मतदानका लागि एक जनालाई १० देखि १५ मिनेटसम्म लागेको थियो । केहीलाई भने २० मिनेटसम्म लागेको केन्द्रीय निर्वाचन आयोगका संयोजक डा. विजय सुब्बाले जानकारी दिए ।
डा. सुब्बाका अनुसार मतगणना सुरु गरेको करिब बढीमा तीन घण्टामा अन्तिम मतपरिणाम आइसक्ने छ ।
प्राविधिकसँग छलफल गरेर मत गणना सुरु गरिने सदस्य दाहालले जानकारी दिए ।