सकिन लाग्यो मतदान, आजै मत परिणाम आउने - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

सकिन लाग्यो मतदान, आजै मत परिणाम आउने



काठमाडाैं – नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि जारी मतदान अन्तिम चरणमा पुगेकाे छ।

आज बिहान ४ बजेदेखि सुरु भएकाे मतदानमा बिहान सवा ९ बजेसम्ममा १६ सयभन्दा धेरै मत खसेको एमालेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

बिहान साढे ११ बजेसम्ममा मतदान सकिने अनुमान गरिएको छ। विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेकाले उत्साहजनक रुपमा मतदान भइरहेको आयोगका सदस्य बाबुराम दाहालले बताए।

दाहालले आजै मत परिणाम आउने बताए। एमालेको अध्यक्ष, उपाध्यक्ष र सचिवसँगै विभिन्न क्लस्टरका केन्द्रीय सदस्यमा पनि मतदान भइरहेको छ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ। ६ जना उपाध्यक्षको पदमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्रप्रसाद पाण्डे र सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन्।

सात जना सचिवमा गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टङ्कप्रसाद कार्की, टोपबहादुर रायमाझी, पद्माकुमारी अर्याल, भीमप्रसाद आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्टको उम्मेदवारी परेको छ।

चितवनको सौराहामा भइरहेको महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ। नयाँ नेतृत्वका लागि पदाधिकारीसहित केन्द्रीय समितिमा ३३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ।