प्राविधिक समस्याले उम्मेदवारहरुको नाम अझै प्रकाशित भएन, अझै ३ घण्टा लाग्ने - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

प्राविधिक समस्याले उम्मेदवारहरुको नाम अझै प्रकाशित भएन, अझै ३ घण्टा लाग्ने



सौराहा– नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिकाअनुसार सोमबार राति ९ बजेदेखि मतदान सुरु भइसक्नुपर्ने हो। तर, साढे ९ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली समेत प्रकाशन भइसकेको छैन।

एमालेको केन्द्रीय निर्वाचन आयोग स्रोतका अनुसार प्राविधिक समस्याका कारण ढिलाई भैरहेको बताएको छ । निर्वाचन कार्यतालिकामा भने सोमबार दिउँसो ३ बजे नै उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिसक्ने उल्लेख छ।

एमालेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले केही प्राविधिक कुरा मिलाउन बाँकी रहेकाले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित हुन नसकेको बताएका छन्।

उम्मेदवारहरुको अन्तिम नामावली तयार भएपछि उक्त सूचीलाई विद्युतीय मतदान उपकरण (ईभीएम)को सिस्टममा इन्ट्री (प्रविष्ट) गराउनुपर्ने हो। निर्वाचन आयोगका प्रमुख सुब्बाका अनुसार उम्मेदवारहरुको नामावली ईभीएममा इन्ट्री गर्न २–३ घण्टाको समय लाग्नेछ।