रावलले भने: ओलीले पार्टी चलाउन सक्दैनन् - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

रावलले भने: ओलीले पार्टी चलाउन सक्दैनन्



काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले अब केपी शर्मा ओलीले पार्टी चलाउन नसक्ने बताएका छन्।

सोमबार महाधिवेशनस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उनले पार्टीमा आउन सक्ने संकटलाई ओलीले समाधान गर्न नसक्ने भएका कारण एमालेको अध्यक्षमा उम्मेदवारी दिएको बताए ।

‘पार्टीलाई बलियो बनाएर अघि बढाउन पनि नेतृत्वमा आउन खोजेको हुँ’, उनले भने, ‘अब ओलीले पार्टी चलाउन सक्नुहुन्न, उहाँले हाम्रो काँधमा भारी बिसाइदिए हुन्छ।’

एमालेमा सर्वसम्मत तरिकाले अध्यक्ष छान्ने चर्चा चलिरहेका बेलामा रावलले उम्मेदवारी दिएका थिए । आज ९ बजेदखि चुनाव हुँदैछ ।