फेरि सर्‍यो कांग्रेसको अधिवेशन - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

फेरि सर्‍यो कांग्रेसको अधिवेशन



काठमाडौं – नेपाली कांग्रेसको प्रदेश अधिवेशन दुई दिन सर्ने भएको छ। कांग्रेसका शीर्ष नेताबीच सोमबार भएको छलफलमा प्रदेश अधिवेशन दुई दिन पर सार्ने निर्णय भएको हो।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सोमबार सिटौलाबीच महाधिवेशन केन्द्रित छलफल भएको थियो।

यसअघि सार्वजनिक गरिएको कार्यतालिकाअनुसार मंसिर १६ र १७ गते प्रदेश अधिवेशन गरिने भनिएको थियो। एक दिनअघि मंसिर १५ गते उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको थियो।

तीन नेताबीच भएको सहमतिअनुसार अब मंसिर १७ गते उम्मेदवारी दर्ता तथा १८ र १९ गते सातै प्रदेशको अधिवेशन गरिने भएको छ।

प्रदेश अधिवेशनको कार्यतालिका फेरिए पनि केन्द्रीय महाधिवेशनको कार्यतालिकामा भने कुनै हेरफेर गरिएको छैन।

कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४–२६ गतेसम्म काठमाडौंमा हुँदैछ।