'मैले एमाले किन छाेडेँ, चितवनको ‘तमासा’ पर्याप्त छ' - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

‘मैले एमाले किन छाेडेँ, चितवनको ‘तमासा’ पर्याप्त छ’



काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूले एमाले छाड्नुको कारण बुझ्न चितवनको ‘तमासा’ नै पर्याप्त रहेको बताएका छन्।

सोमबार प्रज्ञा भवनमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले आफूले कम्युनिष्ट आन्दोलनमा एमालेबाट विद्रोह गरेको दाबी गरे।

उनले एमालेभित्र फरक मत राख्नेहरुको अपमान भइरहेको बताए। नेता नेपालले एमाले अधोगतितर्फ गइसकेको दाबी गर्दै भने, ‘अहिले हामीले कम्युनिष्ट आन्दोलनमा बिद्रोह गरेका छौँ। नेकपा एमालेबाट विद्रोह गर्‍यौँ। किन बिद्रोह गर्‍यौं त्यसको व्याख्या गरिरहनु पर्दैन, चितवनको तमासा नै पर्याप्त छ। त्यहाँको कुम्भ मेला नै पर्याप्त छ।’

नेता नेपालले एमाले कम्युनिष्ट क्रान्तिकारी दिशा छाडेर अधोगतितर्फ टिप्पणी गरे। ‘जनताको बहुदलीय जनवादका गफ मात्रै हाँक्ने, कुनै पनि जनवादी अधिकारहरु प्रदान नगर्ने, त्यसबाट वञ्चित गर्ने, विचारको बहसहरु सञ्चालन नगर्ने, आदेशको पालन गर्ने, त्यो प्रवृत्तिले नै प्रष्ट पार्दछ कि अब त्यो (एमाले) कम्युनिष्ट क्रान्तिकारी दिशामा बढ्न सक्दैन, त्यो अब अधोगतितर्फ गइसकेको छ, दक्षिणपन्थी बाटोतर्फ लागिसकेको छ,’ उनले भने।