लालबाबु पण्डितले गरे एमाले महाधिवेशन बहिस्कार - Himal Post Himal Post
  • ४ पुष २०८२, शुक्रबार
  •      Fri Dec 19 2025
Logo

लालबाबु पण्डितले गरे एमाले महाधिवेशन बहिस्कार



चितवन- नेकपा (एमाले)को केन्द्रीय सदस्य पद अस्वीकार गर्दै लालबाबु पण्डितले महाधिवेशन बहिस्कार गरेका छन् । नेता लालबाबु पण्डित मतदान नगरी बाहिरिएका छन्।

पदाधिकारीको आकांक्षी रहेका उनलाई अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भन्दै प्रस्ताव गरेको सूचीमा केन्द्रीय सदस्यमा राखेपछि असन्तुष्ट थिए। उनले विहान सामाजिक सञ्जालमा लेखेका थिए, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट विदा लिँदै दशौं महाधिवेशनबाट सम्पूर्ण विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना।’

यति लेखेर उनी महाधिवेशन स्थलबाट बाहिरिएका छन्। ‘म काठमाडौं जाँदैछु मेरो जिम्मेवारी सकियो’, पण्डितले भने, सर्वसम्मत गर्ने भनिएको थियो, तर नभएपछि भोट हाल्दिनँ।’

अध्यक्ष, उपाध्यक्ष र सचिव पदमा चुनाव हुने लगभग पक्का छ। उनी अब आफू संगठित सदस्यका रुपमा मात्र रहने बताएका छन्।