महाधिवेशन स्थलमा भीम रावलको प्रचार गर्न प्रतिबन्ध - Himal Post Himal Post
  • २४ पुष २०८१, बुधबार
  •      Wed Jan 8 2025
Logo

महाधिवेशन स्थलमा भीम रावलको प्रचार गर्न प्रतिबन्ध



चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका उम्मेदवार भीम रावलको प्रचार गर्न प्रतिबन्ध लगाइएको छ। आइतबार बिहान केही प्रतिनिधिहरूलाई रावलको पर्चा वितरण गर्दा उनीहरूलाई बाहिर निकालिएको छ ।

रावलको प्रचार गर्दै पर्चा बाँड्दै महाधिवेशनको मूल गेटसम्मै पुगेका रावल पक्षका प्रतिनिधिहरूलाई लखेटिएको छ । एमाले महाधिवेशनमा परिचालित स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् ।

बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावलका प्रतिनिधिहरूले पर्चा वितरण गरेका थिए । पर्चामा रावलको उम्मेदवारी किन लेखिएको थियो । रावलको पर्चामा रावलले अध्यक्षमा उम्मेदवारी दिनुपर्नाका कारणबारे उल्लेख छ ।

पर्चा हातमा लिइसकेका प्रतिनिधिहरूलाई पनि स्वयंसेवकहरुले बाहिर ननिकाल्न र खल्ती वा झोलामा राख्न आग्रह गर्दै हलभित्र छिराएका छन् ।

आजको बन्दसत्रले केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी छ । तर रावलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।