पूर्वमाओवादीको नयाँ डिमाण्ड: तीन पदाधिकारी र ३५ केन्द्रीय सदस्य - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

पूर्वमाओवादीको नयाँ डिमाण्ड: तीन पदाधिकारी र ३५ केन्द्रीय सदस्य



काठमाडौं- नेकपा एमालेको अब बन्ने नयाँ नेतृत्वमा नेकपा माओवादी केन्द्रबाट पार्टी प्रवेश गरेको समूहले तीन पदाधिकारी माग गरेको छ।

रामबहादुर थापा बदालसहित शनिबार बसेको पूर्वमाओवादी नेताताहरूको बैठकले आफ्नो समूहबाट कम्तीमा तीन पदाधिकारी र ३५ जना केन्द्रीय सदस्य बनाइनुपर्ने निष्कर्ष निकालेको हो।

स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीका अनुसार उपाध्यक्ष, उपमहासचिव र सचिव तथा ३५ जना केन्द्रीय सदस्य दिनुपर्ने माग गरिएको हो।

यस विषयमा रायमाझी, लेखराज भट्ट र मणि थापा ओलीसँग छलफलमा छन्।

ओली बसेकै होटलमा तिनै नेता पुगेका छन्।

उपाध्यक्ष रामबहादुर थापा, उपमहासचिव रायमाझी र सचिव भट्टलाई बनाउनुपर्नेगरी सूची पेस गरिएको छ। यसैगरी कम्तीमा ३५ जना केन्द्रीय सदस्य आफ्नो समूहबाट बनाइनुपर्ने माग उनीहरूले गरेका छन्।