यसरी निर्वाचित हुनेछन् एमालेका ३०१ केन्द्रीय सदस्यहरू - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

यसरी निर्वाचित हुनेछन् एमालेका ३०१ केन्द्रीय सदस्यहरू



चितवन- चितवनको सौराहामा बसेको नेकपा एमाले केन्द्रीय कमिटीको १५ औें बैठकले निर्णय गरेको पार्टीको विधान संशोधन प्रस्तावलाई बन्दसत्रले पारित गरेको छ। दशौँ महाधिवेशनको बन्दसत्रमा संगठन विभाग प्रमुख विष्णु पौडेलले गरेको प्रस्तावलाई बन्दसत्रले सर्वसहमतिले पारित गरेको हो।

बन्द सत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी संख्या विभाजन गरेको छ।

जसअनुसार, प्रत्येक प्रदेशबाट ६ खुला ३ महिला गरी ९ जना सहित ७ वटा प्रदेशबाट ६३ सदस्य निर्वाचित हुनेछ भने उपत्यका विशेष समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुनेछ।

त्यस्तै सम्पर्क समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य, आदिवासी जनजातिबाट १७ खुला र ८ महिला गरी २५ सदस्य, तराई मधेशबाट १३ खुला र ६ महिला सहित १९सदस्य, दलित समुदायबाट ८ खुला ४ सहित १२ सदस्य, थारु समुदायबाट ५ खुला २ महिला सहित ७ सदस्य, मुस्लिम समुदायबाट ४ खुला १ महिला सहित ५सदस्य, श्रमिक क्षेत्रबाट ४ खुला २ महिला सहित ६ सदस्य, पिछडिएको क्षेत्रबाट ३ खुला १ महिला सहित ४ सदस्य, खुला क्षेत्रबाट ८४ खुला ५३ महिला सहित १३७ सदस्य, केन्द्रीय आयोगहरुमा अध्यक्ष, उपाध्यक्ष र सचिव सहित १३ खुला र ९ महिला सहित २५ सदस्य सदस्य निर्वाचित हुने पार्टीको महाधिवेशन प्रचार कमिटीका संयोजक योगेश भट्टराईले बताए।