'सुन्तली'की आमा सिता घिमिरेको उपमेयरमा उमेद्वारी - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

‘सुन्तली’की आमा सिता घिमिरेको उपमेयरमा उमेद्वारी



बैसाख २१ काठमाडौं
चर्चित हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’की सासु तथा कुञ्जना घिमिरे ‘सुन्तली’की आमा सिता घिमिरेले उपमेयरमा उमेद्वारी दिएकी छिन् । लामो समय देखी माओवादी केन्द्रमा रहेर राजनिती गरिरहेकी सिता घिमिरेले गोदावरी नगरपालिकामा उपप्रमुखमा उम्मेदवारी दिएकी हुन् ।

संविधानसभा निर्वाचनमा माओवादी नेता वर्षामान पुनलाई ललितपुरबाट जिताउन सिताले विशेष भूमिका निर्वाह गरेकी घिमिरेले भूकम्पपछि बस्ती निर्माण गरेर चर्चामा रहेका धुर्मुस-सुन्तलीले प्रचार-प्रसारमा साथ दिंदै आएकी थिईन् । धुर्मुस सुन्तलीले समाजसेवामा हात हालेसँगै सिता पनि ज्वाई छोरीका कारण चर्चामा थिइन् ।सीता घिमिरेलाई धुर्मुस–सुन्तलीका कारण चुनावी फाइदा हुन सक्ने र उनले जित्ने निश्चित भएको माओवादी केन्द्रको भनाइ छ ।