एक मत मात्र पाएपनि पछि हट्नेवाला छैन: भीम रावल - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

एक मत मात्र पाएपनि पछि हट्नेवाला छैन: भीम रावल



काठमाडौं । एमाले दशौं महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवारीबाट आफू पछि नहट्ने उपाध्यक्ष भीम रावलले बताएका छन्। महाधिवेशनको बन्दसत्रस्थल चितवनको सौराहमा पत्रकारहरूसँग कुरा गर्दै रावले आफूले एक मत पाए पनि रावलले एक मत आए पनि आफू प्रतिस्पर्धाबाट पछि नहट्ने बताएका हुन्।

उम्मेदवारी मनोनयनका लागि तयारी गरिरहेको उनले बताए। सौराहको होटल सेभेन स्टारमा बन्दसत्र सकिएपछि उम्मेदवारी मनोनयन प्रक्रिया शुरु हुने कार्यक्रम छ।

पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयास गरिएको भन्दै एमालेको हिजो मध्यरात सकिएको केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित केन्द्रीय कमिटी संख्या बढाउने निर्णय गरेको छ। उक्त निर्णय बन्द सत्रमा पेश हुनेछ।

यसैबीच गत नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित लालबाबु पण्डितले सर्वसम्मत नेतृत्व चयन भए आफू त्याग गर्न तयार रहेको बताएका छन्। उनले यस पटक उपाध्यक्ष पदमा आकांक्षी देखिएका छन्।

सहमतिमै केन्द्रीय नेतृत्व चयन गर्न केन्द्रीय कमिटी सदस्य र पदाधिकारी संख्या बढाइएको उनको भनाइको थियो। सहमतिमा नेतृत्व चयन हुने हो भने पछि हट्ने उनको भनाइ थियो।