विधान संशोधन गर्न एमालेले चितवनमै बोलायो आकस्मिक बैठक - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

विधान संशोधन गर्न एमालेले चितवनमै बोलायो आकस्मिक बैठक



चितवन- नेकपा एमालेको अन्तिम र आकस्स्मिक केन्द्रीय कमिटि बैठक सौराहामा बोलाइएको छ । अहिले केहीबेरमा बैठक बस्ने तयारी भैरहेको छ । पार्टीमा आकांक्षी धेरै भएपछि केन्द्रीय सदस्यको संख्या थप्न विधान संशोधनको तयारी गरिएको छ ।

शुक्रबार राति चितवनको सौराहास्थित जंगल क्राउन होटेलमा बस्ने केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य बढाउनेबारे छलफल गरिने एक नेताले जानकारी दिए । हाल एमाले केन्द्रीय कमिटी २२५ सदस्यीय छ ।

राति ८ बजेका लागि बोलाइएको बैठकमा जामका कारण एक घण्टा सारिएको थियो । तर, १० बज्नैलाग्दा समेत बैठक सुरु हुन सकेको छैन ।