चितवनबाट रावलले भने: बार्गेनिङ गर्न उम्मेद्वारी दिएको होइन, अध्यक्षमै लड्छु - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

चितवनबाट रावलले भने: बार्गेनिङ गर्न उम्मेद्वारी दिएको होइन, अध्यक्षमै लड्छु



काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले भोलिदेखि शुरू हुने बन्दशत्रमा आफुले उम्मेदवारी दिने बताएका छन् ।

शुक्रवार राति सौराहामा पत्रकारहरुसँग कुरा गर्दै रावलले अध्यक्षको उम्मेदवारी दिने निर्णयबाट पछि नहट्ने बताएका हुन् ।

‘पदाधिकारी थपेर सहमति गर्ने भन्ने काल्पनिक कुरा गर्दिन, म अध्यक्षको उम्मेदवार हो, भोलि मनोनयन गर्छु,’ रावलले भने ।

समीकरण बनाएर अगाडि बढ्ने विषयमा सोधिएको प्रश्नमा रावलले भने,‘कसैले महासचिवमा उम्मेदवारी दिएर मसँग भोट माग्न आयो भने मैले पनि अध्यक्षमा भोट देऊ भन्छु ।’

उपाध्यक्ष रावलले अध्यक्ष केपी ओलीसँग कुरा गर्न आफु तयार रहेको बताए । ‘म राजनीतिक व्यक्ति भएकोले सबैसँग कुरा गर्छु, अध्यक्षसँग कुरा नगर्ने भन्ने भएन । तर म अध्यक्षको उम्मेदवार हो, प्रतिष्पर्धा गर्न तयार छु,’ रावलले भने ।

पार्टी विधानमा समूहगत नभइ व्यक्तिगत ढंगले मात्र उम्मेदवारी दिने व्यबस्था रहेकोले आफूले अध्यक्षमा एकल उम्मेदवारी दिने घोषणा गरेको उनले बताए ।

रावलले उमेरका कारण पनि अध्यक्ष केपी ओलीले अब आराम गर्नुपर्ने बताए । एमालेको बन्दशत्र भोलिदेखि शुरू हुँदैछ । शुक्रवार दिउसो नारायणी नदी किनारामा दशौं उद्घाटन भएको थियो ।