निजामती कर्मचारीहरूलाई बर्खास्त गर्न सुडानका प्रधानमन्त्रीको निर्देशन - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

निजामती कर्मचारीहरूलाई बर्खास्त गर्न सुडानका प्रधानमन्त्रीको निर्देशन



काठमाडौं- सुडानका नवनियुक्त प्रधानमन्त्री अब्दुल्लाह हमडोकले गत महिनाको सैन्य ‘कू’पछि भर्ती भएका निजामती कर्मचारीहरूलाई बर्खास्त गर्न र सबै नियुक्तिहरूको समीक्षा गर्न आदेश दिएका छन्।

शीर्ष जनरल अब्देल अल बुर्हानले २५ अक्टोबरमा सत्ता कब्जा गरेका थिए। त्यसपछि प्रधानमन्त्री हमडोकलाई हिरासतमा लिएका थिए। तर, अन्तर्राष्ट्रिय निन्दा र जनविरोध पछि गत आइतबार हमडोकलाई प्रधानमन्त्रीमा पुनर्बहाली गरिएको थियो।

‘कू’ पछि, अल बुर्हानले प्रमुख संस्थाहरू विघटन गरेका थिए। यस्तै, सरकारी समाचारमाध्यम, सार्वजनिक कम्पनीहरू र बैंकहरूका साथै धेरै प्रान्तीय अधिकारीहरूलाई बर्खास्त गरेका थिए।

देश छोड्ने घोषणा गरेका राजदूतलाई पनि पदमुक्त गरिएको छ।

हामडोक आफैंलाई सेनाले ‘कू’ पछि घरमै नजरबन्दमा राखेको थियो, जसले ठूलो सडक विरोधको लहरलाई उत्प्रेरित गर्‍यो।