बिहिबार र शुक्रबार सार्वजनिक बिदा - Himal Post Himal Post
  • २२ माघ २०८१, मंगलवार
  •      Tue Feb 4 2025
Logo

बिहिबार र शुक्रबार सार्वजनिक बिदा



बैतडी । बिहिबार र शुक्रबार सार्वजनिक बिदा दिने मेलौली नगरपालिकाले जनाएको छ । जात्राको लागि दुई दिन सार्वजनिक बिदा दिने निर्नागा गरिएको हो ।

जिल्लाको मेलौली नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै बिहीबार र शुक्रबार बिदा दिने निर्णय गरेको हो । मेलौली नगरपालिका–१ स्थित मेलौली भगवती मन्दिरमा बिहीबार र शुक्रबार बलिसहित भव्य जात्रा लाग्ने गर्दछ ।

बिदाको दुई दिन नगरक्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संस्था, विद्यालय, वित्तीय संस्थालगायतका कार्यालय बन्द रहने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायण बहादुर चन्दले जानकारी दिए ।

मेलौली भगवती मन्दिरमा लाग्ने जात्रामा बैतडीका साथै छिमेकी मुलुक भारतबाटसमेत दर्शनार्थी आउने गर्छन् । यस्तै, सदरमुकामस्थित दशरथचन्द नगरपालिकाले पनि बिहीबार एक दिन सार्वजनिक दिने निर्णय गरेको छ ।

नगरप्रमुख नरेन्द्रसिंह थापाले एक सूचना जारी गर्दै नगरपालिकाको गढीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरमा बिहीबार कात्तिक शुक्ल चतुदर्शीका दिन जात्रा लाग्ने भएको बिदा दिइएको जनाइएको छ ।

बिदाको दिन सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, विद्यालय लगायतका कार्यालयमा बिदा रहने जनाइएको छ । जगन्नाथ मन्दिरमा प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्दशीका दिन भव्य जात्रा लाग्ने गरेको छ ।